१४ बैशाख २०८१, शुक्रबार
Header

कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाईने–प्रमुख शाक्य


प्रकाशित: शुक्रवार, ८ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीलाई रानीपोखरी भन्दा आकर्षक बनाउने योजनासहित अघि बढेको बताएका छन । 


कमलपोखरी निरीक्षणमा पुगेका प्रमुख शाक्यले भने, ‘सबैले रानीपोखरी मात्रै देखेका छन । हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ । एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण भइरहेको हो ।’ 


एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण भइरहेको उनले भने । 


कमलपोखरी पुननिर्माण अन्तिम चरणमा पुगेको र अहिले पोखरी हेर्दा एकदमै अकर्षक देखिएको भन्दै प्रमुख शाक्यले खुसी समेत व्यक्त गरेका थिए ।


कमलपोखरी पर्यटकीय स्थल हुने प्रमुख शाक्यले दावी गरेका छन । आकाशे पानी संकन र पुनभरण तथा पानी शुद्धिकरण गर्ने योजनासहित पोखरीको पुननिर्माण भइरहेको छ । पहिला बेबारिसे र फोहोर जमेको पाखरी अब परम्परागत, सांस्कृतिक र पर्यकटीय स्थल हुने उनले विश्वास व्यक्त गरे । 


प्रमुख शाक्यले कमलपोखरीजस्तै महानगरपालिका क्षेत्रभित्र रहेका सबै पोखरीहरुको संरक्षण र प्रवर्धन गर्ने बताउँदै यसका लागि संघीय र प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग लामो छलफल र परामर्श गरिएको जानकारी दिए ।


काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायामशाला, उद्यान, खुल्ला क्षेत्रसहितको डिजाइन अनुरुप पुननिर्माण गरिरहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । 


पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहनेछन ।


करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । परम्परागत नेवारी शैलीलाई आत्मसात गर्दै पोखरी पुर्ननिर्माण गरिएको हो ।


पोखरी निर्माणमा नेपाली इट्टा र दर्सिन ढुंगाको प्रयोग गरिएको छ । विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा छन । पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिइएको छ ।


यसको व्यवस्थापनका लागि मासिक करीब १ लाख ५० हजार रुपैयाँ लागत अनुमान गरिएको छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले, पुननिर्माणपछि वडालाई हस्तान्तरण गर्नुअघि महानगरले यस विषयमा ध्यान दिनेछ भन्ने अपेक्षा राखे । 


सहरी पूर्वाधार विकास विभागका इञ्जिनियर प्रेम श्रेष्ठले प्रवेश द्वार, शौचालयको केही भाग र रंगरोगनलगायतका थोरै काम बाँकी रहेको जानकारी दिए । 


पोखरी पुननिर्माणको काम कँडेल निर्माण सेवा कम्पनीले गरिरहेको छ । यसका लागि भक्तपुर र ललितपुरको बुङमतीबाट अनुभवी कामदारको सीप प्रयोग गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD