काठमाडौँ । कमलपोखरी पुननिर्माण्का काम तिव्र गतिमा भईरहेको काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।
कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न भईसकेपनि सन्तोषजनक नभएको बताउदै शाक्यले ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन ।
प्रमुख शाक्यसहित वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायत सोमवार पुननिर्माण भैरहेको कमलपोखरीको निरीक्षणका गर्न पुगेका थिए ।
महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिए । पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्ने उनले बताए ।
काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छज । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।
Categorized in सम्पदा/संस्कृति