१६ चैत्र २०८०, शुक्रबार
Header

कमलपोखरीमा रहेको स्पोर्टस क्लब, प्रहरी र सत्संग भवन भत्काइयो


प्रकाशित: आईतवार, १८ माघ २०७७, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं ममहानगरपालिकाले कमलपोखरीमा रहेको स्पोर्टस क्लबको भवन, र राधे–राधेको सत्संग  र प्रहरी भवन भत्काएको छ ।


आईतवार अपरान्ह महानगरपालिको उक्त संरचनाहरुमा डोजर चलाएर भत्काई दिएको छ । महानगरपालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । 


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीलका अनुसार कमलपोखरीलाई खुला गर्ने योजना अनुसार नै उक्त संरचनाहरु भत्काईएको हो । 


उनले भने, ‘वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न पूर्वयोजना अनुसार नै भवनहरु भत्काएका हौं । गुरुयोजना अनुसार कमलपोखरी बनाउन भवन भत्काउनुपर्ने थियो ।’


अब पोखरीको चारैतिरका कुनामा काठको कलात्मक मण्डप पनि बनाउने र पूर्वतर्फ पोखरी हेर्न मिल्ने कलात्मक संरचना पनि बन्ने ज्ञवालीले जनाकारी दिए । 


पछिल्लो समय कमलपोखरीमा कंक्रिटको ठाउँमा सिमेन्ट प्रयोग गरेको भन्दै सम्पदा अभियान्ताहरुले विरोध गर्दै आएको छ भने अहिले पुननिर्माण काम प्रभावित बन्न पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD