५ भाद्र २०८३, शुक्रबार
Header

कमपा १८ वडा अध्यक्ष उम्मेदवार महर्जनको प्रतिवद्धताः वडाभित्र देवीनाच, पुलुकिसि लगायतका मूर्त अमूर्त सम्पदा संरक्षण गर्ने 


प्रकाशित: शुक्रवार, २३ बैशाख २०७९, १२ः२४ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १८ वडाका गठबन्धन उम्मेदवार चन्द्र महर्जनले वडाभित्र देवीनाच, पुलुकिसि, नरदेवी नाच, नानीचायाः लगायतका अमूर्त सम्पदादेखि विभिन्न मठमन्दिर लगायतका मूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।


जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष उम्मेदार दिएका महर्जनले विहिवार पत्रकारसँगको भेटघाटमा सो प्रतिवद्धता व्यक्त गरेका हुन ।


महर्जनले कतिपय अवस्थामा आफुले सम्पदाको मापदण्डभित्र बसेर काम गरौं भन्दा आफुलाई विरोधीको रुपमा पनि लिने गरेको बताए ।  १८ वडा किलागल भित्रको पुलुकिसि घरको पुनर्निर्माणको क्रममा पनि आफुले मौलिक र परम्परागत शैलीमा पुनर्निर्माण गरौं भन्दा कैयन टोलबासीले आफुलाई गलत ढङ्गले बुझेको बताए । 


‘मैले मापदण्ड भित्र बसेर परम्परागत शैलीमा परम्परागत सामग्री प्रयोग गरेर पुलुकिसि छेँ बनाउँ, भूमिगत तल्ला नराखौं मात्र भनेको थिएँ । तर कतिपयले मैले पुलुकिसि घर नै बनाउन नदिएको किसिमले मेरो भनाईको अपव्याख्या गरिदिए’ महर्जनले भने ।


आफ्नो उद्देश्य अमूर्त सम्पदा अन्तर्गत पुलुकिसिलाई विश्व सम्पदामा सुचिकृत गराउने रहेको र त्यसकै लागि मापदण्ड अनुसार काम गरौं भन्ने रहेको उनले प्रष्ट्याए । 


‘मजिपाटमा लाखय् घर हेर्नुस्, परम्पराग शैलीमा परम्परागत सामग्री नै प्रयोग गरेर बनाइएको कति राम्रो छ । पुलुकिसि घर पनि त्यसरी नै बनाउँ भन्ने मेरो भनाई थियो । बनाउँदै नबनाउँ त मैले भन्न त के सोच्न पनि सक्दिन’ महर्जनले थप प्रष्ट्याए । 


आफ्नो योजना सुनाउने क्रममा उनले १८ वडालाई काठमाडौं महानगरको सम्पदा मार्गसँगै जोड्दै वडालाई पर्यटकिय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्नका लागि काम गर्ने घोषणासमेत गरे ।


कामपा १८ वडामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेत गरी तीन दलीय गठबन्धनले उम्मेदवारी दिएको छ ।

 
जसपा नेपालका चन्द्र महर्जनको नेतृत्वमा वडा सदस्य पदमा माओवादी केन्द्रका नहकुल महर्जन र नेकपा (एस) का मनिष हमालले उम्मेदवारी दिएका छन् ।


तीन दलको गठबन्धन रहेको भएपनि तीनै जनाको एउटै चुनाव चिन्ह छाता रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex