४ भाद्र २०८३, बिहिबार
Header

कपिलवस्तुमा स्वतन्त्र प्रदेशसभा सदस्य उम्मेदवार राजाबाबुको गोली हानी हत्या


प्रकाशित: शनिवार, ८ मंसिर २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । गएराती अज्ञात समुहले कपिलवस्तु निर्वाचन क्षेत्र नं.१ को (ख)का स्वतन्त्र प्रदेशसभा सदस्य राजाबाबु भनिने दिपेन्द्र कुमार कुर्मीको गोली हानी हत्या गरेको छ । 


मोटरसाईकलमा आएको दुई जनाको समूहले कपिलवस्तु सुद्धोधन गाउँपालिका वडा नं. ५ का राजाबाबुको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले सञ्चारमाध्यमलाई बताएको छ । 


शरीरका विभिन्न भागमा ४ राउण्ड गोली लागेका कुर्मीको उपचारको उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । 


प्रहरीका अनुसार कपिलवस्तुको लवनी चौराहबाट घरतर्फ जाँदै गरेका कुर्मीलाई एक्कासी गोली प्रहरी भएको थियो । प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex