४ भाद्र २०८३, बिहिबार
Header

कपिलवस्तुमा पाँच घर जलेर नष्ट


प्रकाशित: शनिवार, २४ कार्तिक २०७५, १३ः१२ बजे
- महानगरखबर

काठमाडौं । तिहारमा बालेको मैनबत्तीबाट सल्केको आगोले कृष्णनगर कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित ा कपिलवस्तुमा पाँच घर जलेर नष्ट भएका छन । 


स्थानीय दामोदर मिश्राका अनुसार आगलागीबाट इस्लामनगरका शिवप्रसाद अराख, सन्तराम लोनिया, चन्द्र लोनिया, राममुरत मुराउ र वंसीनाथ लोनियाको खरले छाएको फुसको घर जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । 


आगलागीबाट रु दुई लाखबराबरको क्षति भएको छ भने अग्निपीडित खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन । आगोबाट मानवीय क्षति भने नभएको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex