१७ बैशाख २०८१, सोमबार
Header

कपनमा सहमति पछि महानगरको डोजर चल्यो


प्रकाशित: शुक्रवार, २६ साउन २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सधै जसो डुवानमा रहने कपनको खहरे खोला खेल्न काठमाडौं महानगर र बुढानिलकण्ठका जनप्रतिनिधि विच सहमति कायम भएको छ ।

 
शुक्रवार सहमति भएसँगै काठमाडौं महानगरले खोला खोल्न डोजर चलाएको छ । चावहिलस्थित नापी कार्यालयमा नक्सा सहित दुवै पक्षको उपस्थितिमा बसेको बैठकमा खहरे खोला खोल्ने विषयमा सहमति भएको हो ।


महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार काठमाडौं महानगर– ७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न डोजर चलाएको हो । 


हिजो विहिवार महानगरले बुढानिलकण्ठ नगरपालिकासँग कुनै सहमति नगरी एकतर्फी रुपमा डोजर चलाउन खोजेको भन्दै झडप भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD