काठमाडौं । प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट डेढलाख वटा सर्जिकल मास्क बरामद गरेको छ ।
आईतबार प्रहरीले चलाएको विशेष अपरेसन अन्तर्गत सो मास्क बरामद गरेको हो । प्रहरीले मास्कको कृत्रिम अभाव गराउने गिरोहविरुद्ध प्रहरीले आक्रमक कदम चालेको छ ।
प्रहरीले पक्राउ परेकाहरुको परिचय भने खुलाएको छ । यस अघि शनिवार प्रहरीले डल्लुबाट ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।
Categorized in समाज