२७ बैशाख २०८१, बिहिबार
Header

कतारी राजाको स्वागतमा विशेष सुरक्षा, यी विषयहरुमा सम्झौता हुँदै


प्रकाशित: मंगलवार, ११ बैशाख २०८१, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि कतारी राजा अमिर शेख तमिम विन हमाद अल थानी आज साँझ काठमाडौं आउँदैछ । 


कतारी राजा अमिर शेख तमिम विन हमाद अल थानीका  लागि सरकारले विशेष सुरक्षा व्यवस्था गरेको छ । बिहानैदेखि काठमाडौंको चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन । 


नेपाली सेनाको नेतृत्वमा हुन सुरक्षा व्यवस्थालाई विशेष बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बासस्थान र सवारी रुटको सुरक्षाको लिड नेपाली सेनाले गर्ने छन ।


राजा अमिर शेखका सवारीमा बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । 


त्यसैगरी सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।


त्यसैगरी, आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन ।


विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।


काठमाडौं ओर्लिनुअघि त्रिभुवन विमानस्थल र होटेल र सवारी रुटमा तालिमप्राप्त ‘स्निफिङ डग’ जाँच गर्नेछ । ट्राफिक प्रहरीले सवारी आवागमनको व्यवस्था मिलाउने छ ।


सेनाले बलाधिकृत रथी अशोकराज सिग्देलको नेतृत्वमा एकीकृत सुरक्षा समन्वय समिति समेत गठन गरेको छ ।


परराष्ट्र मन्त्रालयका अनुसार अपराह्न ४ बजे काठमाडौं आइपुग्न लागेका  कतारका राजासहितको भ्रमण टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन । 


कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । उनको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको पनि आयोजना गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने कतारी राजालाई बुधबार भेटवार्ता गर्नेछन ।


कतारी राजा भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। 


त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 


नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।


श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ तर श्रम सम्झौता हुने संभावना न्यून रहेको छ । 


कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन । कतारले सन २०२२ मा विश्वकप फुटबल आयोजना गर्दा पनि पूर्वाधार निर्माणमा नेपाली श्रमिकको महत्त्वपूर्ण भूमिका रहेको थियो ।


नेपाल र कतारबीच सन १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट कतारमा पहिलो उच्च भ्रमणका रूपमा सन १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । 


नेपालले कतारी राजालाई दुईवटा हात्ती उपहार दिने भएको छ । ‘कन्जर्भेसन’ कूटनीतिलाई जोड दिँदै नेपालले ती हात्ती उपहार दिन लागेको हो । 


राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव शरद अधिकारीले नेपाल सरकारले प्रदान गर्ने दुई हात्ती हस्तान्तरणमा कोषले प्राविधिक सहयोग गर्ने बताए ।


भेटघाटमा नेपालले विपिन जोशी रिहाइको विषय उठाउने नेपालले कतारी राजासमक्ष प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्ने भएको छ । 


प्रधानमन्त्री दाहालले विपिनको रिहाइका लागि पहलकदमी लिइदिन कतारी राजासँग आग्रह गर्ने आश्वासन दिएका छन । 


गत ७ अक्टोबर ९असोज २०० मा विपिनसहित २ सय ५३ जनालाई हमासले बन्धक बनाएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD