३० बैशाख २०८१, आइतबार
Header

कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण, एकको मृत्यु


प्रकाशित: बुधवार, २९ साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । कतारको राजधानी दोहामा मंगलबार नेपालीमथि भएको सांघातिक आक्रमणमा परि सुनसरीका एक जनाको मृत्यु भएको छ । 


मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । नको शव हमाद अस्पतालमा राखिएका छ । 


दोहास्थित जैदा पार्कमा नेपालीमाथि आक्रमण हुँद अन्य पाँच जना घाइते समेत भएको छ । 


दूतावासका अनुसार घाईते हुनेहरुमा उमर अन्सारी, इब्राहिम अन्सारी, महसुद अन्सारी रहेकोमा उमरको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ । 


घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । 


घाईते सबै सुनसरीको भएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD