८ भाद्र २०८३, सोमबार
Header

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते


प्रकाशित: सोमवार, १९ साउन २०८२, १८ः४९ बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 


बोर्डको बैठकले निर्णय गरेसँगै साँझ नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।


बोर्डले दिएको जानकारीअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड ९ल्न्० मा परेका छन्। यो गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीहरूको मिहिनेत र अभिभावकको सक्रियता कारण नतिजा सुधार भएको बताएका छन । 


यसअघि बोर्डको वार्षिक कार्यतालिका अनुसार साउ  यसअघि बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र नतिजा प्रकाशित गर्ने योजना भए पनि, शिक्षकहरूको आन्दोलनका कारण सार्वजनिक गर्न ढिलाइ भएको हो। गत ११ वैशाखका लागि तय गरिएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि सञ्चालन भएको थियो।


ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ मा


ननग्रेडमा परेका तथा ग्रेड सुधार गर्न चाहने विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ । 


परीक्षा विवरण र आवेदन प्रक्रिया बोर्डको आधिकारिक वेबसाइटमार्फत चाँडै सार्वजनिक गरिनेछ ।


विद्यार्थीहरूले आफ्नो नतिजा बोर्डको वेबसाइट, एसएमएस सेवा, र विभिन्न मोबाइल एपमार्फत हेर्न सक्नेछन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex