काठमाडौं । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि झापामा आक्रमण भएको छ ।
आक्रमणमा दमकको हिमालय माध्यमिक विद्यालयका १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अहिले उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भईरहेको प्रहरी अधिकारीहरुले बताएका छन ।
उनको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको र शरीरका दुई ठाउँमा चोट देखिएको छ ।
प्रहरीले जिल्लाको नाका सिल गरेर आक्रमणकारीको खोजी गरिरहेकोले घट्नाको विस्तृत अनुसन्धापछि थाहा हुने जनाएको छ ।
Categorized in समाज