१६ चैत्र २०८०, शुक्रबार
Header

कंलकी मोटरसाईकल दुर्घट्नाका २ घाईतेको मृत्यु


प्रकाशित: शनिवार, २५ भाद्र २०७९, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । शुक्रवार कलंकीमा मोटरसाइकल दुर्घटनामा घाईते भएको २ जनाको मृत्यु भएको छ । 


काठमाडौं– १४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाईते भएका काठमाडौं–२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका–१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सडक छेउमा रोकेको बा प्र ०३–००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र।न।३–०२–००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो ।

 
अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। 


प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका–१२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD