काठमाडौं । कंलकीको अण्डरपासमा बुधवार राती टिपरको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।
प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेको मृत्यु भएको छ ।
उनीहरुको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुकाका अनुसार मोटरसाईकललाई ठक्कर दिई फरार रहेको टिपर नख्खु खोलाको पुल छेऊ चन्द्रसूर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा टिपर भेटिएको हो ।
सीसी टीभी फुटेज र ¥याडम चेकजाँचका क्रममा सम्भावित क्षेत्रमा खोजतलास गर्ने क्रममा बा४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
टिपर चालक भने नियन्त्रणमा नआएको र उनको खोजीलाई तिव्र बनाएको प्रहरीको भनाई छ ।
Categorized in समाज