काठमाडौं । सोसल मिडिया इन्सटाग्रामा पोष्ट गरिएका तस्वीरहरुलाई हेर्ने हो व्रिटेनमा अहिले औलामा औंडी लगाईने हैन कि स्थायी रुपमै फिट गर्ने फेसन बढेको छ ।
केही जोडीहरुले आफ्नो प्रेम देखाउन पनि यस किसिमको प्रयोग गर्न थालेको देखिएको छ । यसरी औलामा औंठी फिट गर्ने शैलीलाई सिंगल प्वाईन्ट पिर्यसिंग वा डर्मल पिर्यसिंग भनिन्छ ।
यस विधिमा शरिरको छालामा एक टुकडा राखिन्छ जसलाई एंकर भनिन्छ । औठी जडान गरेपछि यसमा जोडिन्छ जसको कारण औठी स्थायी रुपमा फिट हुन्छ ।
किन यस्तो गरिन्छ ?
एक अध्यन अनुसार औंठीको मुल्यले गर्दा व्रिटेन यस्तो फेशन बढेको हो । यहाँ एउटा औंठीको मुल्य १ हजार पाउण्ड भन्दा बढी पर्दछ तर यसरी छेदेर औंठी लगाउने हो ७० देखि १ सय पाउण्डमै हुन्छ ।
तर यसको जोखिम पनि उत्तिकै रहेको चिकित्सकहरुको सुझाव छ । औंठीलाई स्थायी रुपमा अठ्याउन एंकरलाई छालामा गहिरो रुपमा राख्नु पर्ने हुन्छ जसको कारण छालमा सुन्निे, छाला मोटो हुने लगायातको समस्या उत्पन्न हुने गरको छ ।
त्यसैगरी काम गर्दा वा लुगाहरु लगाउँदा कतै फस्यो भने निकै मुश्किल हुने गर्दछ ।
प्रकाशित मिति ः २०७४ चैत्र १७ गते शनिवार १ः४० बजे
Categorized in राष्ट्रिय