१३ बैशाख २०८१, बिहिबार
Header

ओली सरकारविरुद्ध आन्दोलनमा जाने कांग्रेसको चेतावनी


प्रकाशित: बुधवार, १८ भाद्र २०७६, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओली सरकारविरुड आन्दोलनमा जाने चेतावनी दिएका छन । 


नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको हो । 


कांग्रेसले बुधवार पत्रकार सम्मेलन गरेर केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सहमहामन्त्री प्रकाशशरण महतले सो चेतावनी दिएको हो । 


सहमहामन्त्री महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउँदै सरकार गम्भीर नभए सडक र सदनमा आन्दोलन गर्ने बताए । 


महतले भने,‘संविधानको मर्मभावना कुल्चिने, कर्मचारी संयन्त्र तहसनहस बनाउने, संवैधानिक निकायहरुलाई दुई तिहाईको बलमा छायाँमा राख्ने काम भयो भने हामी सडक र सदनमा आन्दोलनमा जान्छौं ।’


कांग्रेसले समानुपातिक समावेशीता, सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने लगायतका संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD