७ बैशाख २०८१, शुक्रबार
Header

ओली सरकारलाई घुँडा टेकाउने नेतृ शाक्यको चेतावनी 


प्रकाशित: बुधवार, २९ पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले लादेको प्रतिगन सडकबाट सच्याउने बताएकी छिन ।


बागमती प्रदेशका इन्चार्जसमेत रहेकी नेतृ शाक्यले बुधवार प्रज्ञा भवनमा आयोजित नेकपा प्रचण्ड–माधव समूहको काठमडौं जिल्ला भेलामा सो कुरा बताउँदै ओली सरकारलाई घुँडा टेकाउने चेतावनी समेत दिईन । 


शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन, ‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं । शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो । अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ’, उनले भनिन । शाक्यले ओलीलाई गद्दार र तानाशाहको संज्ञा दिएकी थिइन ।
शाक्यले अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको बताइन । 


कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्मा, पूर्व पर्यटनमन्त्री योगेश ढकाल, नेकपा केन्द्रीय सदस्य दिलिप महर्जन लगायतको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD