काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरु प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सडक प्रर्दशन गरे ।
काठमाडौ, विराटनगर, पोखरा, चितवन, वीरगञ्ज लगायतका सहरमा कांग्रेसले हजारौंका संख्यामा आफ्ना कार्यकर्ता र सुभचिन्तकहरुलाई सडकमा उतारेका थिए ।
राजधानी काठमाडौंमा कांग्रेसले निकालेको जुलुसमा कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखेका प्ले कार्डहरु बोकेका थिए ।
कार्यकर्ताहरु प्ले कार्डमा रानीपोखरी पुनःनिर्माण गर, चिकित्सा विधेयक खारेज, वाईड वडी विमान खरिद विमाण प्रकरण, भ्रष्टाचार, महंगी, बलात्कार, हत्या हिंसा लगायतका मागहरु राखी प्रदर्शनमा उत्रेका थिए ।
त्यसैगरी ‘अधिनायकवाद र सर्वसत्तावादको विरोधमा नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिद्वारा आयोजित विरोध प्रदर्शन ।’ लेखिएको व्यानरहरु देखिएको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई खबरदारी गर्न र नागरिकलाई सुसुचित गर्न सोमबार देशव्यापी प्रदर्शन गरेको जनाएको छ ।
त्यसैगरी विरोध प्रदर्शनको क्रममा आयोजित कोणसभामा पार्टी नेता प्रकाशमान सिंहले सरकारालाई चेतावनी दिँदै राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिने छन भनेको छ ।
सो विरोध प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेताहरु, केन्द्रिय नेताहरु, जिल्ला नेताहरुको व्यापक उपस्थिती रहेको थियो ।
Categorized in राष्ट्रिय