काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।
एमालेले आइतवार पत्रकार सम्मेलन गरेर सरकारको चर्को ओलचनासँगै अहिलेको चर्चित सुन प्रकरणबारे अध्यक्ष ओलीले बोलेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै राजीनामा दिनुपर्ने अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा बताए ।
‘प्रधानमन्त्रीलाई पनि यति नालायक, यति भ्रष्ट सरकारको, यति भ्रष्टताको चाङमा उभिएर म नेतृत्व गर्छु भन्ने अप्ठ्यारो हुनुपर्ने हो। उहाँले आफैं राजीनामा गर्नुपर्ने हो,’ उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा दिन नसकेर कसरी बस्न सकेको? आठौं कि नवौं आश्चर्य भन्नुपर्छ ।’ उनले भने ।
पत्रकार सम्मेलनको सुरूआतमै अध्यक्ष ओलीले एमालेले संसद् अवरूद्ध गर्छ भनेर प्रचार गरिए पनि यथार्थ त्यस्तो नरहेको स्पष्ट पारे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन विमानस्थल अगाडिबाट बरामद भएको सुनबारे उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् चल्न दिएको छैन ।
सोही विषमया प्रमुख प्रतिपक्षी एमालेले संसद्लाई ‘बन्धक’ बनायो र छानबिनको प्रक्रियामै रहेको सुन प्रकरणलाई अल्मल्याउन खोज्यो भन्ने आरोप व्यहोरिरहँदा उसले आइतबार पत्रकार सम्मेलन गरेर स्पष्ट पार्न खोजेका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरण सत्ता संरक्षित अपराध भएको जिकिर गरे ।
‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु, राजीनामा गर्नुबाहेक त्यहाँ उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ। चुरोट भनेर ल्यायो सुन हुन्छ। राखेको ठाउँबाट चोरी हुन्छ। कस्तो हो त्यो ? गृहमन्त्री जवाफदेही हुनुपर्ने होइन त्यसमा? क्विन्टलका क्विन्टल सुन एउटा मात्रै माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । यस्ता कम्पनी कति वटाले ल्याएका होलान्। त्यस्तो मानिसलाई नागरिकता कसले दियो? कसको सिफारिसमा दियो। नागरिकतासम्बन्धी त्यतिबेलाको प्रतिवेदन कहाँ छ? त्यो गायब गरिएको छ ।’ अध्यक्ष ओलीले भने ।
सुन प्रकरणमा सरकारले देखाएको लाचारी, बदमासीको उच्चस्तरीय समितिमार्फत् न्यायिक छानबिन हुनुपर्ने अडान उनले दोर्होयाए।
सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई जाली मुद्दा लगाएर पक्राउ गरिएको अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भन्न भ्याए ।
शर्मामाथि २५ वर्षपछि नक्कली सर्टिफिकेट प्रकरण अघि सारिनु पनि शंकास्पद रहेको ओलीको भनाइ छ ।
तर सुन प्रकरण चलिरहेको र सुनिल शर्माले त्यसबारे बोलेकै बेलामा उनको प्रमाणपत्र जाँच्न थाल्नु शंकास्पद रहेको उनले तर्क गरे।
Categorized in राष्ट्रिय