१४ बैशाख २०८१, शुक्रबार
Header

ओमिक्रोन संक्रमण बढेपछि मुम्बईमा दुई हप्ता निषेधाज्ञा


प्रकाशित: विहिवार, १ पुष २०७८, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । भारतको मुम्बईमा  एकैदिन ७ जनामा संक्रमण देखिएपछि २ हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । 


मुम्बईमा बुधबार सात जनामा ओमिक्रोन भेरियन्टको स‌ंक्रमण पुष्टि भएपछि सतर्कता अपनाएको हो । बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले जनाएको छ । 


निषेधाज्ञा गरेपछि अब मुम्बईमा सार्वजनिक भेटघाटमा ५ जनाभन्दा बढी मानिस सहभागी हुन बन्देज लगाइएको छ । त्यस्तै, कुनै पनि समारोह वा कार्यक्रम गर्दा कार्यक्रम स्थलको ५० प्रतिशत क्षमता अनुसार मानिसहरू सहभागी गराउनुपर्ने र आयोजकले पूर्ण कोरोना खोप लगाएको हुनुपर्ने छ ।


कुनै पनि पसल, मल, समारोह वा जमघटमा सहभागी हुन, सार्वजनिक सवारीमा यात्रा गर्न, महाराष्ट्रमा आउने मानिसले पूर्ण खोप लगाएको हुनुपर्ने र ७२ घण्टाभित्रको नेगेटिभ पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।


भारतमा अहिलेसम्म ७३ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसमध्ये महाराष्ट्रमा माात्रै ३२ जना छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD