२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ओमिक्रोनबाट नआतिउ तर सतर्क रहौ– डब्लुएचओ


प्रकाशित: शनिवार, १८ मंसिर २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।


करिब ४० देशमा देखा परिसकेको यस भेरियन्टदेखि नआत्तिन तर सतर्क रहन संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी छिन ।  शुक्रबार पत्रकार सम्मेलनमा स्वामीनाथनले यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको बताउँदै भाइरसको प्रभाव विश्वभर पार्न सक्ने जानकारी दिईन । 


अझै पनि धेरै संख्यामा उत्परिवर्तित भएको यो भेरियन्ट संक्रामक छ वा छैन भन्ने स्पष्ट भइ सकेको छैन ।


उनले भनिन,‘हामी कति चिन्तित हुनुपर्छरु हामी सतर्क र रहनुपर्छ, आत्तिनुभएन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं ।’ 


विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले उपलब्ध भएको कोभिड विरुद्धका खोपहरु निकै प्रभावकारी रहेको र सबैतिर व्यापक रुपमा खोप वितरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex