२२ बैशाख २०८१, शनिबार
Header

ओमिक्रोनको सब भेरिएन्ट रोक्न ‘बाईभ्यालेन्ट खोप’ ल्याईदै


प्रकाशित: मंगलवार, २४ माघ २०७९, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) सव भेरिएन्ट नियन्त्रणको लागि फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोप ल्याईने भएको छ । 


स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार यो खोप फागुनको पहिलो साता नेपाल आउने छ ।


कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।


उनका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको छ । 


छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । 


विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD