३ भाद्र २०८३, बुधबार
Header

ओमबहालमा सहिद धर्मभक्तको पूर्ण कदको शालिक बन्ने


प्रकाशित: मंगलवार, १४ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं वडा नं. २३ स्थित सार्वजनिक जग्गामा सहिद धर्मभक्त माथेमाको पूर्ण कदसहितको पार्क निर्माण हुने भएको छ । 


वडा कार्यलयसँगै रहेका उक्त जग्गामा बन्ने पार्कको मंगलवार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन । 


प्रमुख शाक्यसँगै वडाध्यक्ष मचाराजा महर्जन, पूर्व मन्त्री प्रयागराज सिंह सुवाल र पूर्व वडाध्यक्ष पबित्र बज्राचार्यले संयुक्त रुपमा पार्कको शिलान्यास गरेका हुन । 


९ आना २ दाम जग्गा निर्माण हुन गईंरहेको पार्क ९ लाख ३८ हजार ७७८ रुपैयाँ लागतमा निर्माण हुने महानगरपालिकाले जनाएको छ । 


आउँदो सहिद दिवश सम्म पार्क निर्माण भईसक्ने वडा अध्यक्ष महर्जनले बताउँदै लामो समयदेखि विवादमा रहेको उक्त जग्ग्गाको विवाद मिलाई  निर्माण कार्यको शुभारम्भ गरेको बताए । 


सहिद धर्मभत्तक्त माथेमाको पुर्खौली घर पनि ओमबहालमै रहेकोले स्थानीयवासीहरु उनको शालिक बन्ने भएपछि खुसी भएका छन ।


पूर्वमन्त्री प्रयागराजसिंह सुवालले १९९७ सालमा प्राणदण्ड दिइएका सहिदहरुको योगदानको चर्चा गरेका थिए भने पूर्व वडा अध्यक्ष पवित्र बज्राचार्यले वडामा भएका सार्वजनिक जग्गा जोगाउनै मुस्किल रहेको धारणा राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex