काठमाडौं । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङस्थित ओडारमा हराईरहेका २ जना मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका उनीहरु पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार भेटिएको हो ।
मृत्यु हुनेहरुमा हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङ रहेका छन ।
लागतारको हिमपातको कारण ओडारमा लुक्ने क्रममा ओढारमाथिनै पहिरो गएपछि उनीहरु त्यहाँ फँसेका थिए ।
पहिरोले पुरिएर बेपत्ता भएका को खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच दिनपछि उनीहरूको शव फेला पारेको सशस्त्र प्रहरी बल धादिङबँेसी गुल्म प्रमुख प्रहरी नायव उपरीक्षक दर्शन गिरीले बताए ।
खोजी कार्यमा प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यीय टोली जुटेको थियो ।
त्यसैगरी पहिरोमा पुरिएका २६० भेडाबाख्रामध्ये जम्मा चार भने जीवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।
Categorized in समाज