काठमाडौ । आफ्नै घरमा आराम गरिरहेको अवस्थामा रामेछापका जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिद्धारा बिहिबार राती छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।
हाल उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाएको छ । छुरा प्रहारबाट उनको आन्द्रा काटिएको चिकित्सकहरुले बताएको छ ।
मुखमा मास्क लगाएर आएका अज्ञात व्यक्तिले मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर छुरा प्रहार गरेको थियो ।
प्रहरीले यस घट्नामा अनुसन्धान सुरु गरेको बताएको छ ।
Categorized in समाज