काठमाडौं । ओखलढुंगा जीप दुर्घट्नमा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा सो जीप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृतक मध्ये चार पुरुष र दुई महिला छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं आउँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।
घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईरहेको प्रहरीले बताएको छ ।
Categorized in समाज