काठमाडौं । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जादै गएको एक यात्रुबहाक बस दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर ओखलढुंगाको सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ वर्षीया माया थापा र सिन्धुली कमलामाइ नगरपालिकाकी अन्दाजी ३० वर्षीय लालबहादुर धामी रहेको छ ।
सो दुर्घट्नामा वसमा सवार १६ जना घाइते भएका छन । घाईतेहरुमध्ये मित्रबहादुर थापा, मदन कट्टेल र कृष्ण गौतमलाई एम्बुलेन्समार्फत काठमाण्डौ ल्याएको छ ।
Categorized in समाज