काठमाडौं । ऐश्वर्यकी नायिका दीपिका प्रसाई विवाह बन्धनमा बाँधिएका छन ।
ऐश्वर्यका निर्देशक दीवाकर भट्टराई र अभिनेत्री प्रसाइँ विच हिन्दू परम्पराअनुसार मंगलवार राजधानीको एक पार्टी प्यालेसमा विवाह सम्पन्न भएको छ ।
हुनत, यो जोडीले केही वर्ष अगाडि नै कागजी विवाह गरिसकेका थिए । तर, यसको जानकारी दुई पक्षका परिवारबाहेक कसैलाई थाहा थिएन ।
विवाहको मण्डपबाट दीपिका र दीवाकरको एक तश्बिर बाहिर आएको छ । तश्बिरमा दुईले एकअर्काको हात समातेका छन् । दुलहा–दुलहीको परिहनमा दुबैलाई निकै सुन्दर देखिएको छ । दुबै निकै खुसी देखिएका छन् । विवाह समारोहमा दुई पक्षका आफन्तहरुको बाक्लो उपस्थिति थियो । फिल्मकर्मीहरु भने खासै उपस्थिति थिएनन् ।
केही दिनमा यो जोडीले राजधानीमा ग्रान्ड रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ । फिल्म ’ऐश्वर्य’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । फिल्मका निर्देशक थिए दीवाकर । यो फिल्म दीपिकाको डेब्यू होे । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले अदालतमा गएर कागजी विवाह गरेका थिए । भने, गएको फागुनमा दुईले इन्गेजमेन्ट गरेका थिए ।
दीवाकर लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हुन् । ’ऐश्वर्य’ सँगै उनले ’स्टुपिड मन’, ’क्याप्टेन’ फिल्म निर्देशन गरिसकेका छन् । उनी चाँडै एक लभस्टोरी फिल्ममा आफ्नी श्रीमतीको जोडी अभिनेता आर्यन सिग्देलसँँग बाँध्दैछन् । दीपिका अहिले फिल्म ’हेल्लो जिन्दगी’ मा व्यस्त छिन् । उनले ’छक्का पञ्जा ३’ मा पनि काम गरेकी छन् ।
Categorized in मनोरन्जन