२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न (फोटो फिचर) 


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

ललितपुर । ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि संचालन हुँदै आएकोे ऐतिहासिक नृसिंह जात्रा मंगलबार संम्पन्न भएको छ ।


पाटनको स्वनिम्ह टोलको हनुमान ननीमा नृसिंहलाई  विशेष तान्त्रिक पुजा गरेपछि  सुरु भएको यात्रा पाटनका विभिन्न ठाँउमा परिक्रमा गरेपछि पुन स्वनिम्ह पुगेर समापन भएको हो । 


ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिहं जात्रा संचालन गर्ने गर्दछ । 


यसपाली स्वनिम्हका हेरम्वराज राजोपाध्यायको परिवारले सञ्चालन गर्ने जिम्मा पाएको छ । नृसिहं जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिहं सहित लक्ष्मी, सरस्वती ,भक्त प्रल्हादको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डी लगायतविभिन्न ठाउँमा यात्रा गर्ने चलन छ ।


कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ ।नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको लिखित दस्ताबेज छ ।

 

 

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex