५ जेठ २०८१, शनिबार
Header

ए डिभिजनका ५ क्लवलाई महानगरको १०/१० लाख अनुदान, च्याम्पियनलाई ५ लाख प्रोत्साहन दिने


प्रकाशित: बुधवार, ११ फागुन २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘ए डिभिजन’ का वटा क्लवलाई १०–१० लाख आर्थिक अनुदान प्रदान गरेको छ । 


बुधवार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक कार्यक्रमविच सो रकमको चेक हस्तान्तरण गरेका हुन । 


महानगर प्रमुख शाक्यले मछिन्द्र फुटवल क्लवका अध्यक्ष सुनिल कपाली, संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधर, एनआरटीका अध्यक्ष सुन्दरध्वज जोशी, हिमालयन शोर्पा क्लवका कर्मा छिरिङ शेर्पा र मनाङ मस्र्याङदी क्लबका अध्यक्ष मुखिया गुरुङलाई चेक हस्तान्तरण गरेका थिए । 


सो अवसरमा प्रमुख शाक्यले स्थानीय फुटवल क्वल विकासको लागि महानगरले लगानी गरेको बताए । क्लवको विकासको लागि यो सहयोग सँगै च्याम्पियन हुने क्वललाई थप ५ लाख प्रोत्साहन सहयोग रकम पनि उपलब्ध गराउने प्रतिवद्धता गरे । 

 


शाक्यले भने, ‘खेल अवधिमा प्रतिस्पर्धा त्यसपछिको सौहाद्रता राजनीतिक क्षेत्रले सिक्नु पर्ने पाठ भएको बताउनुभयो । ‘खेलकुदले सामाजिक र आर्थिक विकास गर्छ । रोजगारी सिर्जना गर्छ । त्यति मात्र होइन यसले विश्वभर देशको गौरव बढाउँछ ।’ मेयर शाक्यले भन्नुभयो, ‘अनेक आयाम भएको खेलकुदले स्वस्थ्य सहर निर्माण योगदान दिन्छ । फुटबल बिश्वमा अधिक रुचाइएको खेल हो । हामीले दिएको सानो सहयोगले आन्तरिक प्रतिस्पर्धाबाट दक्ष खेलाडी छनौट गर्न सहयोग पुग्छ । यसरी छानिएका खेलाडीले भोलि अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट नेपालको गौरव उच्च बनाउनेछन् भन्ने महानगरको अपेक्षा हो ।’

 


त्यसैगरी कार्यक्रमलाई महानगरकी उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन हुने गरी महानगरले खेलकुद क्षेत्रलाई सहयोग गरेको उल्लेख गरिन । उनले खेलबाट देशको गौरव बढाउने खेलाडीको मनोबल उच्च बनाउन राज्यकोतर्फबाट लगानी थप्दै जानुपर्नेमा जोड दिदै भनिन, ‘महानगरले जिम्मेवारी पूरा गर्ने प्रयास गरेको छ ।’


महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, मछिन्द्र क्वलका अध्यक्ष सुनिल कपाली लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 


सो अवसरमा पूर्व अन्तराष्ट्रिय फुटवल रेफ्रि ज्ञानु राजा जोशी, लिग संयोजक तथा पूर्व एआईजी विज्ञानराज शर्मा लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 


क्लवहरुले आयोजना तथा सञ्चालन गर्ने प्रतिस्पर्धामा प्रयोग हुने जर्सी, ट्र्याक, ट्राउजर, फुटबल व्यागजस्ता सामानमा महानगरको लोगो अङ्कित गर्नु पर्नेछ । महानगरको नीति र प्रचलित कानून विपरीत क्लवले काम गरे सम्झौता स्वतः खारेज हुनेछ ।


सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार ए डिभिजन क्लबहर हरेकलाई २०७५ साल भदौ २५ गते ९ लाख ३० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएर सहयोग सुरु गरिएको थियो । 


यसैगरी २०७६ बैशाख २३ गते बि र सि डिभिजन क्लबलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ सहयोग रकम प्रदान गरिएको थियो । त्यसपछि सम्झौताअनुसार शर्त र प्रगतिका आधारमा महानगरले सहयोग गर्दै आएको छ ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD