२२ बैशाख २०८१, शनिबार
Header

एसिसी प्रिमियर कप खेल जारी, जिते नेपालले एसिया कप खेल्न पाउने


प्रकाशित: सोमवार, १८ बैशाख २०८०, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले नेपाल र युएईविच एसिसी प्रिमियर कपको फाइन खेल जारी रहेको छ ।


सोमवार सुरु भएको खेलमा युएईले ब्याटिङ गरिरहेको छ भने नेपालले युुएईको चार विकेट लिएको छ । नेपालका ललितनारायण राजवंशीले यो सफलता दिलाएका हुन । 


युएईले ९.१ ओभरमा चार विकेट गुमाउँदा ३५ रन जोडेको छ ।


आजको खेलमा नेपालले फाइनल जिते एसिया कप २०२३ मा खेल्ने सपना पुरा हुनेछ । 


नेपालले विश्व क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । 


आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ । 


यस अघि सेमिफाइनलमा नेपालले कुवेतलाई पछि पारेर फाइनलमा स्थान बनाएको हो ।  

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD