८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एसियन गेममा नेपालले आज ९ खेल खेल्ने


प्रकाशित: आईतबार, ३ भाद्र २०७५, ११ः५० बजे
- महानगरखबर

काठमाडौँ । एसियाड गेममा नेपालले आईतबार ९ खेल खल्ने भएको छ । १८ औं संस्रकरणको एशियाली खेलकुद प्रतियोगिता इण्डोनेशियामा शनिबारबाट सुरु भएको छ । 


इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ । 


तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ ।

 
फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्ने भएकी छिन भने पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

 
कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिष्पर्धा गर्दैछन । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मङ्गलप्रसाद थारुले इण्डोनेशियाका खेलाडीसँग प्रतिष्पर्धागर्दै छन् । 


ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजीत तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिष्पर्धा गर्नेछन् । 


महिला टिम इभेन्ट्समा पनि नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ । 


नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex