काठमाडौं । सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित पत्र पठाएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए ।
अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।
मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निणर्य गरेको थियो ।
Categorized in राष्ट्रिय