४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एसओएस बालग्रामको सामाजिक क्रियाकलापको परिक्षण सम्पन्न


प्रकाशित: विहिवार, २० मंसिर २०७५, १८ः१८ बजे
- महानगरखबर

काठमाडौं । एसओएस बालग्राम जोरपाटीले सन् २०१७ सालमा गरेका सामाजिक क्रियाकलापको परिक्षण सम्पन्न गरेको छ । 


गत मंसिर ६ गते ( मिति २०७५ साल मंसिर ६ गते) विहिबारका एक विशेष कार्यक्रम गरी बर्ष भरीको क्रियाकलापको समिक्षा गरिएको हो । 


कार्यक्रमको प्रमुख अतिथि रहेका गोकर्णेश्वर नगरपालिकाका प्रमुख श्री सन्तोष चालिसेले नगरपालिका एसओएस बालग्राम जोरपाटी जस्तो अप्ठेरोमा परेका बालबालिकाहरुलाई पारिवारिक हेरचाह गर्ने संस्थासित सँगै काम गर्न चाहेको बताए । 


नगरप्रमुख चालिसेले भविष्यमा बालग्रामले आफ्ना बालबालिकाहरुलाई प्राविधिक शिक्षामा जोड दिएर प्रशिक्षण गराउन आग्रह गरेका थिए । साथै प्रमुख चालिसेले समय मिलाएर बालग्रामका परिवारहरुसित समय विताउन चाहेको इच्छा व्यक्त गरेका थिए ।


सो कार्यक्रममा उपस्थित सहभागीहरु तथा अन्य अतिथिहरुले पनि बालग्रामले गरिरहेको काम महत्वपूर्ण भएको र पहिलो सामाजिक परिक्षण गर्न सकेकोमा बधाई दिएका थिए । 


कार्यक्रममा अतिथिका रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, ईष्टपोल माध्यामिक विद्धयालयका प्रार्चार्य राजेश राई, नेपाल अपाँग संघका महासचिव यज्ञ उप्रेती, एसओएस बालग्राम नेपालका प्रतिनिधि खगेन्द्र नेपाल लगायत अन्य महानुभावहरुको सहभागिता रहेको थियो । 


एसओएस बालग्राम जोरपाटीका योजना निर्देशक रविन नेपालीले बालग्रामका गतिविधिहरुको जानकारी दिदै बालग्रामले गरिरहेका कामहरु, भविष्यका योजना, बालग्रामले भोगीरहेको समस्याहरु तथा नगरपालिका तथा सरोकारवालाहरु सितको अपेक्षाको बारेमा पनि प्रष्ट पारेका थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex