काठमाडौं । ३३ केजी सुन तस्करी प्रकरणका अभियुक्त वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम खत्रीले केजी सुन तस्करीमा संलग्न नभएको जिल्ला अदालत, मोरङमा बयान दिएको छ ।
आज विहान अदालत समक्ष आत्मसर्पण गरेका एसएसपी खत्रीले सुन तस्करी भएको आफूलाई थाहा नभएको र तस्करीमा आफू समावेश नभएको बताएका छन् ।
एसएसपी खत्रीले यस अघि मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ भने भनेझै तस्करीमा सघाए वापत कुनै रकम नलिएको समेत अदालतलाई बयान दिएको छ ।
एसएसपी खत्रीले जिल्ला अदालत मोरङका न्यायाधीस नारायणप्रसाद शर्माको इजालसमा करिब ५ घण्टा बयान दिएका थिए ।
बयान सकिएपछि एसएसपी खत्रीलाई सुन तस्करीमा संलग्न भएको भन्दै पुर्पक्षको लागि जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजालसले थुनामा राख्न आदेश दिएको छ ।
सरकारका तर्फबातट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहष लिएका थिए भने खत्रीको तर्फबाट अघिवक्ता हेमराज पन्तले बहष गरेका थिए ।
Categorized in राष्ट्रिय