काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्नेहरुलाई प्रहरीले आज (विहिवार) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ ।
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको प्रहरीले सञ्चारमाध्यमहरुलाई बताएको छ ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि सीआईबीको अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको थाहा लागेको थियो ।
Categorized in राष्ट्रिय