६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एसईई परीक्षा नातिजा सार्वजनिक (नतिजा यसरी हेरौं)


प्रकाशित: बुधवार, ११ साउन २०७९, १६ः०० बजे 
- महानगरखबर

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।


परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए । 


गत वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा भएको थियो ।  एसईईमा २२ हजार छ सय ४० जना परीक्षार्थी परीक्षामा अनुपस्थित भएका छन्। 


४.५७ प्रतिशत परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।


०.१ देखि १.२ जिपिएसम्म ल्याउने विद्यार्थी संख्या तीन हजार दुई सय ८० छ । यो ०.६६ प्रतिशत हो । 


यस्तै ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थी संख्या ९ हजार छ सय ३३ छ । १.९४ प्रतिशतले उच्च अंक ल्याएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex