१५ बैशाख २०८१, शनिबार
Header

एसईई नतिजा सुधार गर्न महानगरले १४५ शिक्षक माग्यो


प्रकाशित: बुधवार, ४ माघ २०७९, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सामुदायिक विद्यालयको एसईई नतिजा सुधार गर्न काठमाडौं महानगरपालिकाको शिक्षा विभागले  १४५ शिक्षकको माग गरेको छ । 


विभागले २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको हो । विभागले सूचना जारी गर्दै शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न विद्यालयहरुमा अनुभवी विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको जनाएको छ ।


गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको छ भने शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएको व्यक्तिले सातदिनभित्र आवेदन दिन सक्नेछन ।


त्यस्तै विभागले शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको लागि ६०÷६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD