काठमाडौं । एसईईका नतिजा विहिवार प्रकाशति भएपछि नेपाली सिने जगतकी चर्चित अभिनेत्री करिश्मा मानन्धर र नेतृ (सांसद) शान्ता चौधरीको चर्चा चुलिएको छ ।
करिश्माले अब व्यवस्थापन पढ्ने बताएकी छिन । उनले ‘बी प्लस’ ग्रेड ल्याएकी छिन भने जीपीए ३ प्राप्त गरेकी छिन ।
त्यसैगरी सांसद चौधरीले भने उच्च शिक्षा हसिल गर्ने बताउँदै उच्च शिक्षा अध्यक्षन गर्ने बताईन ।
उनले बी ग्रेट पाएकी छिन भने २.६५ जीपीए ल्याएकी छिन । सांसद चौधरीको छोरीले बी प्लस ग्रेट ल्याएकी छिन ।
एसईई परिक्षा दिँदै चर्चामा आएकी अभिनेत्री करिश्मा र नेतृ चौधरी एसईई परिक्षा पास गरेपछि झनै चर्चा भएका छन ।
अहिले हरेक मिडियाले एसईईको नतिजा सार्वजनिकको समाचार सँगै यी दुवैको समाचार पनि प्रकाशित गरिरहेका छन ।
समयमा पढ्न नपाएको अधुरो सपनालाई पुरा गर्न पाएकामा दुवैले गौरवान्दित भएको सुनाएका छन । पढ्न जो कसैलाई पनि उमेरले नछेक्ने उदारहरणको प्रस्तुत गरिन यी राजनीतिक र चलचित्र क्षेत्रका हस्तीहरुले ।
Categorized in समाज