भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा आज (शनिबार) सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ जनाले उत्तीर्ण (ग्रेडेड) भएका छन ।
यस वर्ष ५९ हजार ६९३ परीक्षार्थी भने अनुत्तीर्ण (अवर्गीकृत) भएका बोर्डले जनाएको छ ।
गत वैशाखमा सम्पन्न वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन–ग्रेडेड’ भएका तथा अनुपस्थित भएका विद्यार्थीहरूका लागि साउन २९ गतेदेखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिएको थियो ।
बोर्डको केन्द्रीय कार्यालयको वेबसाइटबाट परीक्षार्थीले आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी ग्रेडसिट हेर्न र डाउनलोड गर्न सक्नेछन ।
त्यसैगरी, प्रकाशित नतिजा प्रति चित्त नबुझेका परीक्षार्थीले उत्तरपुस्तिका पुनः परीक्षण (पुनर्योग) गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसका लागि आगामी असोज १९ गतेदेखि २९ गते साँझ ५ बजेसम्म बोर्डको वेबसाइटमा गई फाराम भरी आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
परीक्षाको रिजल्ट हेर्न क्लिक गर्नुहोस
Categorized in राष्ट्रिय