८ भाद्र २०८३, सोमबार
Header

एसइईको नतिजा सार्वजनिक, ४८ हजारभन्दा बढीले ३.६ भन्दा माथिको जिपिए


प्रकाशित: शुक्रवार, १३ असार २०८२, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ सार्वजनिक गरेको छ । 


नियमिततर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ४८ हजार १७७ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन ।

 
परीक्षा बोर्डले दिएको जानकारी अनुसार ८१ हजार ३८५ जनाले ३.२ देखि ३.६, ८९ हजार १२४ जनाले २.८ देखि ३.२ ले जिपिए ल्याएका छन ।

 
४८ हजार ४७९ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन । त्यस्तै, ४ हजार १२६ जनाको जिपिए २ देखि २.४ रहेको छ भने ८ जनाले मात्र १.६ देखि २ जिपिए ल्याएका छन । यसपटक १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।


बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यसपटक ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन, जुन अघिल्लो वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो । 


गत वर्ष ग्रेडेड विद्यार्थीको संख्या ४८ प्रतिशत थियो । 


एसइई परीक्षा गत चैतमा सञ्चालन गरिएको थियो। परीक्षार्थीहरूले नतिजा https://neb.gov.np वेबसाइट तथा १६०० नम्बरमा फोन गरी निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्ने छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex