काठमाडौं । एशिया महादेशमा अवरपतिहरुको संख्या तिव्र गतिमा बढिरहेको एक तथ्यांकले देखाएको छ ।
पछिल्लो समय आएको चलचित्र ‘ क्रेजी रिच एशियन्स’ पनि एशियामा अरवपतिहरुको संख्या कसरी बढिरहेको भन्ने देखाईएको छ । सिंगापुरमा आधारित यस चलचित्रमा एशियाका धनीहरुको विषयमा केन्द्रित रहेको छ ।
फिल्मको पर्दामा नभएर वास्तविकमै एशियामा धनीहरुको बढिरहेको एक च्यारिटी संस्था आँक्सफेमले जनाएको छ । सो संस्थाको अनुसार एशियामा धनीहरुको संख्या उत्तरी अमेरिका र युरोपभन्दा बढि भईसकेको छ ।
अहिले विश्वभरका कयौं करोडपती र अरवपतिहरु यहाँ बस्ने गरेको छ ।
आँक्सफेमका अनुसार चीनमा अरवतिहरुको संख्या ३७३ रहेको छ जुन अमेरिकामा भन्दा केही मात्र कम हो । अमेरिकमा मेघा रिचको संख्या ५८५ रहेको फोब्र्स म्यागेजिनले बताएको छ ।
तर एशियाका सबै देशका धनीहरुको संख्या मिलाउने हो भने ६०० पुग्छ । जुन अमेरिका भन्दा बढि हो ।
एशियामा धनीहरुको बढोत्तरीसँगै गरिब र धनीरुबिच ठुलो असामानता बढ्दै गएको आँक्सफेमको रिपोर्टमा छ ।
एशियाकै धनी व्यक्ति
एशियाकै धनी व्यक्तिको रुपमा चिनियाँ नागरिक मा हु आतेंग (जसलाई पोनी मा भनेर चिनिन्छ ) रहेको फोब्र्स पत्रिकाले जनाएको छ । उनी विश्वभारको धनीहरुको सुचिमा १७औं नम्बरमा रहेका छन ।
पोनी मा को कुल सम्पती ४ हजार ५०० करोड डलर रहेको छ । उनी चिनको सबैभन्दा ठुलो टेक्नोलोजी कम्पनी टेसन्ट होल्डिंग कम्पनीको कार्यकारी प्रमुख हुन । चीनमा सर्वाधिक चल्ने ‘वीचैट’ मसेन्जिङ एप को स्वामित्व यसै कम्पनीको हो ।
त्यसैगरी चीनकै अलिबावा कम्पनीका प्रमुख जैक मा विश्वका धनीहरुको सुचिमा २० औं स्थानमा पर्दछन । उनको कुल सम्पती ३ हजार ९ सय डलर रहेका छन् ।
एशिया माहादेशमा सन् २०१५ लाई हर्ने हो भने पछिल्लो समय इन्डोनेशियामा सबैभन्दा बढि १४.३ प्रतिशत र थाईलैण्डमा १३.३ प्रतिशत सम्पती बृद्धि भएको छ । त्यसैगरी चीनमा ९.८ प्रतिशत र भारतमा १० प्रतिशत रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय