४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एल्जिना हत्या प्रकरणमा ५ पक्राउ


प्रकाशित: मंगलवार, २७ कात्तिक २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । 


प्रहरीले एल्जिनाको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । 


गत शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन । पारिवारिक स्रोतका अनुसार उनको शव कुर्ता सुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो । 


प्रहरी उपरिक्षक चन्द्रदेव राईका अनुसार घट्ना अनुसन्धान गर्न धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली पठाएको जानकारी दिए ।


एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex