२० बैशाख २०८१, बिहिबार
Header

एयरपोर्टको पार्किङस्थलमा यात्रुहरुबाट सुन संकलन गरिरहेको अवस्थामा २ पक्राउ


प्रकाशित: मंगलबार, २६ भाद्र २०७५, १३ः४९ बजे
- महानगरखबर

काठमाडौं । कतारको दोहा हुँदै काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध रुपमा ल्याएको सुनसहित २ जनालाई प्रहरीले पक्राय गरेको छ । 


हिमालय एयरलाईन्सको उडानबाट काठमाडौं आएका सुनसरी नरसिंहा–२ घर भएका ३५ वर्षीय महोमद नासिन मियाँ र धनुषा टोर्कोमहुवा–६ घर भएका २५ वर्षीय श्रवण कुमार साहलाई १ सय ९७ ग्राम सुन सहित प्रहरीले पक्राउ हो । 


विमानस्थलको पार्किङ एरियामा आफैसँग आएका यात्रुहरुसँग अवैधरुपमा ल्याएको सुन संकलन गरिरहेको अवस्थामा २/२ थानमा रहेको उक्त सुनको बाला सहित उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 


प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD