१८ बैशाख २०८१, मंगलबार
Header

एमाले संसदीय दलको बैठकमा समाजवादीको चर्को आलोचना


प्रकाशित: सोमवार, ३ बैशाख २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकमा नेकपा एकिकृत समाजवादीको चर्को आलोचना भएको छ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीप्रति आपत्ति जनाएको छ । 


बैठकमा अध्यक्ष ओलीले समाजावादीको चर्को आलोचना समेत गरेका छन । समाजवादीको निर्णय अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भएको उनले बताए । 


उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’


उनले आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’


उनले बैठकमा वामपन्थी एकताले न देश बन्छ र न त सरकारनै बन्ने उल्लेख गरे ।


अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए ।


अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिवद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक रहेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’ 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD