काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनवेचको क्रममा एमाले महासविच विष्णुप्रसाद पौडेल ठगीमा परेको छ ।
सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार जग्गा किनबेच प्रकरण्मा महासविच पौडल ठगीमा परेको स्पष्ट पारेका छन ।
सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको समेत प्रवाक्ता बाँस्कोटाले बताए ।
प्रवक्ता बाँस्कोटोले विहिवार नियमित पत्रकार सम्मेलनमा शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइएको जानकारी दिए ।
उनले अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने बताए ।
ललिता निवासको जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले किनेको पाईएको प्रवक्ता बाँस्कोटाले जानकारी दिँदै नेकपाको महासचिवले स्यंम यस विषयमा वक्तव्य जारी सकेको छ ।
उनले भने वास्तविक रुपमा महासविच पौडेल पीडित भएको बताए ।
नक्कली कागज बनाएर प्रारम्भिक तहमा जसको नाममा जग्गा आयो र जसले त्यसमा भूमिका खेले, उनीहरुमाथि कारबाही हुने उनले बताए ।
Categorized in राष्ट्रिय