६ जेठ २०८१, आइतबार
Header

एमाले नेता योगेश भट्टराईको गाडी तोडफोड


प्रकाशित: आइतवार, १० मंसिर २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईको गाडीमा ताप्लेजुुङको एक कार्यक्रमबाट फर्कने क्रममा ढुंगामुढा प्रहार भएको छ ।


आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन ।


ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुका अनुसार भट्टराई सवार गाडी प्रदेश २–०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको हो । 


ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ । 


प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD