१६ बैशाख २०८१, आइतबार
Header

एमाले केन्द्रिय सदस्यबाट विदा भए पूर्व मेयर केशव स्थापित


प्रकाशित: मंगलवार, ३० साउन २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय सदस्यबाट केशव स्थापित विदा भएका छन ।


स्थापितले हाल पार्टीको जिम्मेवारीबाट विश्राम लिएर नयाँ अनुसन्धानत्मक कार्यमा लगेको बताएका छन । कस्तो अनुसन्धात्मक कामबारे उनले औपचारिक रुपमा मिडियमा बोलेका छैनन । 


काठमाडौं महानगरपालिका पूर्व मेयर स्थपित वि.स. २०७९ बैशाखको स्थानीय निर्वाचनमा मेयरको लागि प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)सँग पराजित भएका थिए । 


उनी तेस्रो बनेका थिए । स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए भने कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी दोस्रो भएकी थिइन । बालेनले ६१ हजार ७६७ मत ल्याएरे मेयर जितेका थिए । 


स्थापित पहिलो पल्ट २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका थिए । स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए ।


मेयरमा हार भएपछि करिब निस्क्रिय जस्तै बसेका स्थापित पार्टीका जिम्मेवारीबाट हाललाई विदा भएका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD