काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिजयी भएका छन ।
झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा ओली बिजयी भएका हुन । उनले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।
ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन । तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।
२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।
Categorized in राष्ट्रिय