काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
आईतवार उनीहरुविच भेटवार्ता भएको सिंहका स्वकीय सचिव नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताएका छन ।
‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ लामिछानेले भने ।
उनीहरुविच एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेको उनले बताए ।
नेता सिंह पार्टीको संसदीय दलको नेताको प्रतिस्पर्धामा देखिएको छ ।
Categorized in राष्ट्रिय